सूचना
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥
अन्वेषणम्

वाल्मीकिविद्यापीठम्

परिचयः
विश्वस्यात्यन्तं समृद्धायां संस्कृतशिक्षायां पौरस्त्यवाङ्मयदर्शनयोश्च सन्निहितो ज्ञानराशिरस्माकं जीवनसरण्या निर्माणस्याधारस्तम्भो वर्तते । अस्माकं मौलिकता पौरस्त्यसभ्यतायां पल्लविते जीवनदर्शने प्रतिबिम्बिता भवति । संस्कृतस्य महिमानं प्रकाशमानीय सभ्य–सुसंस्कृतादर्शसमाजस्य निर्माणम्, समाजे विद्यमानानां विकृतिविसङ्गतीनां निवारणञ्चाद्यतनः समाह्वयो वर्तते । संस्कृतवाङ्मये निबद्धं ज्ञानराशिं समाजे सहजतया विस्तार्य विश्वबन्धुत्वभावनाया जागरणं युगानुकूला आवश्यकतास्ति । विश्वस्यैकमात्रमुत्कृष्टा संस्कृतभाषा सुसाङ्ख्यप्रविधये च सर्वाधिकमुपयुक्तेति तथ्यं वैज्ञानिकैः पुष्ष्टीकृतं वर्तते । संस्कृतस्य वर्णव्याकरणे सुसाङ्ख्यप्रविधयेऽन्याभ्यो भाषाभ्य उत्कृष्टे सम्मते स्तः । इदानीं संस्कृताध्ययनस्य विश्व्यापी तरङ्गो विस्तृतिं जायमानोऽस्ति । एतस्यां पृष्ठभूमौ संस्कृतस्य वैश्विकप्रभावमात्मसात्कृत्य विभिन्नानां जाति–वर्ग–समुदायानां संयुक्तसम्पदो रूपेण प्रयोगोऽत्यावश्यको दृश्यते ।   

व्यक्तेः, राष्ट्रस्य विश्वस्य च समृद्धये भौतिकाध्यात्मिकज्ञानस्यावश्यकता भवति । संस्कृते द्विविधोऽयं ज्ञानराशिः सुरक्षितो वर्तते । अपारज्ञानराशिममुमुपयुज्य नेपालिसमाजस्य भौतिकाध्यात्मिकविकासाय उत्कृष्टयोगदानप्रापणस्य, नेपालस्य आविश्वं संस्कृतविद्यायाः केन्द्रस्य रूपेण विकसनस्य चोद्देश्येन नेपाले संस्कृतविद्याया अध्ययनाध्यापनं जायमानं वर्तते । एतत्क्रमे संस्कृतशिक्षाया उच्चस्तरीयपठनपाठनानुसन्धानादिकार्याणां सम्पादनस्योद्देश्येन नेपाले २०४३ वैक्रमाब्दे नेपाल–संस्कृत–विश्वविद्यालयः संंस्थापितः । एतस्योद्देश्यस्य पूर्तये देशस्य पूर्वभागतः सुदूरवर्तिपश्चिमभागपार्यन्तिकेषु विभिन्नक्षेत्रेषु विश्वविद्यालयस्य विद्यापीठानि स्थापितानि सञ्चालितानि च सन्ति । एतेषु विद्यापीठेषु राजधान्यां काष्ठमण्डपे विद्यमानं गरिममयेतिहासवाहकं वाल्मीकिविद्यापीठं प्रमुखमस्ति ।प्राध्यापक–कर्मचारि–विद्यार्थिसङ्ख्यायाः, भौतिकपूर्वाधाराणाम्, शैक्षिककार्यक्रमाणाञ्च दृष्ट्या नेपाल–संस्कृत–विश्वविद्यालयस्यान्तर्गतानामाङ्गिकविद्यापीठानां मध्ये विद्यापीठमिदं विपुलतमं वर्तते । 

वाल्मीकिविद्यापीठं वाग्वतीप्रदेशान्तर्गतस्य काष्ठमण्डपजनपदस्य काष्ठमण्डपमहानगरपालिकाया अष्टाविंशवडाक्षेत्रवर्तिनि प्रदर्शनीमार्गेऽवस्थितमस्ति । १९२७ वैक्रमाब्दे स्थापिता नारायणहिटिपाठशाला, १९३२ वैक्रमाब्दे स्थापिता संस्कृतपाठशाला च वाल्मीकिविद्यापीठस्य स्थापनायाः पूर्वाधारौ मन्तुं शक्येते । तदनु २००८ वैक्रमाब्दे स्थापितो राजकीय–संस्कृत–महाविद्यालय एव सम्प्रति वाल्मीकिविद्यापीठस्य नाम्ना सञ्चालितो वर्तते । विद्यापीठमिदं २०३० विक्रमवर्षतस्त्रिभुवनविश्वविद्यालयस्य संस्कृताध्ययनसंस्थानस्यान्तर्गतं सञ्चाल्यमानमासीत् । २०४३ वैक्रमाब्दे नेपाल–संस्कृतविश्वविद्यालय तात्कालिकमहेन्द्र–संस्कृत–विश्वविद्यालय )स्य स्थापनानन्तरं विद्यापीठमिदमस्यैव विश्वविद्यालयस्याङ्गिकविद्यापीठस्य रूपेण सञ्चाल्यमानमस्ति ।


भौतिकावस्था 

काष्ठमण्डपमहानगरपालिकाया अष्टाविंशवडाक्षेत्रान्तर्गते प्रदर्शनीमार्गे, तीनधारा–संस्कृतच्छात्रावासे च विद्यापीठस्य स्वामित्वे २२–१२–३–६ रोपनीपरिमिता भूमिर्वर्तते । एतस्यां भूमौ इमानि भवनानि सन्ति —

) शिक्षणभवनम्

) प्राशासनिकभवनम् 

) पुस्तकालयभवनम्

) छात्रावासः (तीनधारा–संस्कृतच्छात्रावासः) 


पुस्तकालयः

पुस्तकालये पाठ्यक्रमेषु आधृतानि पाठ्यपुस्तकानि अत्यन्तप्राचीनहस्तलिखिता मुद्रितग्रन्थाश्च सन्ति । अन्यत्र अप्राप्यग्रन्थाश्च वाल्मीकिविद्यापीठस्य पुस्तकालये सुरक्षिता वर्तन्ते ।

तीनधारा–संस्कृतच्छात्रावासः 

विद्यापीठान्तर्गतस्तीनधारा–संस्कृतच्छात्रावासः शैक्षिकैतिहासिकराजनीतिकमहत्त्वाधायिनी संस्था वर्तते । २००४ वैक्रमाब्दस्य ‘जयतु संस्कृतम्’ आन्दोलनमस्यैव छात्रावासस्य विद्यार्थिभिः सञ्चालितमासीत् । तदान्दोलनं २००७ वैक्रमाब्दस्य प्राजातान्त्रिकान्दोलनाय उत्सोऽवर्तत । छात्रावासोऽयं १९४२ विक्रमवर्षे स्थापित आसीत् । राणाप्रधानमन्त्रिणा धीरशमशेराभिधेन चतुःपञ्चाशतो ब्राह्मणच्छात्राणां कृते नित्यभोजन–साधारणवस्त्रावासानां व्यवस्था विहितासीत् । तदनु तदीयपुत्रो वीरशमशेरोऽतिरिक्तानां चतुः पञ्चाशतश्छात्राणां कृते भोजनावासयोर्व्यवस्थां व्यदधात् । श्री ५ श्री ३ चेति नाम्ना एतादृश्यो वृत्तयो वर्धिताः । २००४÷०५ विक्रमाब्दं यावदेतादृश्याश्छात्रवृत्तेः सङ्ख्या २१० प्राप्ता आसीत् । अनङ्किताङ्का अन्ये योग्या ४०÷५० छात्राश्चैवंविधायाश्छात्रवृत्तेरवसरं लभन्ते स्म । विपन्न–योग्य–जिज्ञासूनां छात्राणां कृते एतदसाधारणसौविध्यमवसरश्चासीत् । अनया व्यवस्थया संस्कृतस्य सामान्यत उच्चस्तरपार्यन्तिकं पठनपाठनं व्यापकरूपेण अग्रे वर्धयितुं महत्साहाय्यं लब्धम् । 

सम्प्रति एतस्मिन् छात्रावासे १११ विद्यार्थिनां कृते भोजनसहितमावाससौविध्यं प्राप्तं वर्तते । एतन्मध्ये राज्ञीपुष्करिणीवर्तिनः संस्कृत–माध्यमिक–विद्यालयस्य ४३, वाल्मीकिविद्यापीठस्य ६८ च विद्यार्थिनः सौविध्यमिदं लभमानाः सन्ति । छात्रावासे रिक्तस्थानानुसारेण परीक्ष्य योग्यताक्रमानुसारेण विद्यार्थिपञ्जीकरणस्य व्यवस्था वर्तते ।   


संस्कृतं संस्कृतेर्मूलम्
वाल्मीकि विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठ हो। काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको सोपाधिक पढाइ हुन्छ। वेद, वेदान्त, न्याय पूर्वमीमांसा, धर्मशास्त्र, इतिहास पुराण , तन्त्र ,ज्योतिष, सर्वदर्शन बौद्धदर्शन, व्याकरण, साहित्य जस्ता पौरस्त्य वाङ्मय सम्बद्ध विषयहरू शास्त्री एवं आचार्य तहमा क वर्ग अन्तर्गत पढाइ हुन्छन्। नेपाली ,अंग्रेजी अनिवार्य र ऐच्क्षिक दुवै रूपमा स्नातक तहमा पढाइ हुन्छन्। गणित अर्थशास्त्र र राजनीतिशास्त्रको पठन पाठन यहाँ स्नातक तहमा ऐच्छिक विषयका रूपमा हुने गरेको छ। योग तथा प्राकृतिक चिकित्सा, कर्मकाण्ड प्रशिक्षण तथा प्राक्शास्त्री (संस्कृत नपढेका  विद्यार्थीका लागि प्रवेशद्वार) का ६ महिने निरुपाधिक कक्षाहरू यहाँ सञ्चालित छन्।भोलिको विश्वको भाषिक नेतृत्व संस्कृत भाषाले मात्रै गर्न सक्ने जीवन्त सम्भावना बोकेको विश्वका कैयन भाषाको मातृभाषा समेत रहेको संस्कृत भाषाको पठनपाठन हुने वाल्मीकि विद्यापीठ सूचना र सञ्चारबाट टाढा रहन सक्दैन, रहनु पनि हुँदैन । आजको युग सूचना र प्रविधिको युग हो यसर्थ संस्कृत वाङ्मय भित्र लुकेको अथाह ज्ञानराशिलाई समाज समक्ष पस्किनु आजको आवश्यकता हो। यसका लागि पौरस्त्य वाङ्मयका विद्वानहरुले आआफ्नो विषय र क्षेत्रमा प्रविधिसँग जोडिएर  गहन गम्भीर योगदान दिनु आवश्यक छ । पश्चिमा जगतले हाम्रै वेदवेदाङ्ग एवं उपनिषद्हरूबाट विचार ग्रहण गरी त्यसलाई प्रयोगात्मक स्वरूपमा प्रस्तुत गरे र प्रविधिका माध्यमबाट विश्वलाई नेतृत्व गर्ने कोसिस गरिरहेका छन् ।अब हामीले आफ्नो ज्ञानको मूल स्रोत र सामर्थ्यलाई  पहिचान गरी समाजलाई गति दिने बेला भएको छ यसका लागि संस्कृत पठनपाठन एवं यसको अध्ययन महत्वपूर्ण जग बन्न सक्दछ। यसै क्रममा वाल्मीकि विद्यापीठले आफ्नो अध्ययन अध्यापन प्राज्ञिक कर्म, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठी, सभासमारोह एवं प्रकाशनलाई व्यवस्थित गर्न र समाज समक्ष पुर्याउन आफ्नै वेबसाइटको प्रारम्भ गर्दैछ। यस सुखद अवसरमा संस्कृतानुरागी सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभेच्छा प्रकट गर्दै आगामी संस्कृत यात्रा प्रविधिमय बन्न सकोस् भन्ने शुभभाव व्यक्त गर्दछु। 

...सर्वं पर्यवलोकनम्
प्राचार्यको सन्देश
|
प्रा. अच्युतप्रसाद लामिछाने
अद्यतनः शीर्षसमाचारः
२०८१।०४।१९

गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम सम्पन्न भयो।

गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा  वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम विभागीय प्रमुख प्राध्यापक जगतप्रसाद उपाध्यायको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा .वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा एक भव्य समारोह बिच आज सम्पन्न भयो। डा. रामप्रसाद पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा प्रा. चेतोनाथ शर्मा आचार्य, प्रा.डा. दीर्घराज घिमिरे , प्रा.विद्यानाथ उपाध्याय  प्रा.शिवहरि मरहट्ठा एवं प्रा.डा. वासुदेव त्रिपाठीलाई कदरपत्र दोसल्ला एवं फूलमालाले सम्मान गरिएको थियो। प्रा. घनश्याम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा प्रा.डा. देवी नेपालले गुरु शीर्षक कविता वाचन गर्नुभएको थियो।  प्रा.डा .भागवत ढकाल प्राचार्य र प्रा.डा. सुधनकुमार पौडेलले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा सम्मानित प्रतिभाहरूले आआफ्ना अनुभव र अनुभूति सुनाउनु भएको थियो। सहायक प्राचार्य डा.रमा भट्टराई, डा. बैकुण्ठ घिमिरे ,श्याममणि नेपाल ,केशवशरण अर्याल ,माधव घिमिरे लगायतले रचना एवं सम्मानपत्र वाचन गर्नुभएको सो कार्यक्रममा सम्मानित गुरुका बारेमा सहायक प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेले मन्तव्य राख्नुभएको थियो ।झन्डै पाँच घण्टासम्म चलेको सो विशिष्ट कार्यक्रममा विद्यापीठका प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समाजको विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत समुपस्थिति रहेको थियो।


२०८१।०३।२७

वाल्मीकि विद्यापीठ , वेदान्त विभागको आयोजनामा आज वाल्मीकि विद्यापीठमा आयोजित भानुभक्तीय रचनावाचन

वाल्मीकि विद्यापीठ , वेदान्त विभागको आयोजनामा आज वाल्मीकि विद्यापीठमा आयोजित भानुभक्तीय रचनावाचन, एवं भानुभक्तका रचनामा वेदान्तविषयक चर्चा एक भव्य समारोहका बिच वेदान्त विभागका विभागीय प्रमुख प्रा.डा सुमोधवर्धन कौडिन्यायनको  सभापतित्व र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भयो । प्राज्ञ एवं नेपाली भाषा साहित्यका विशिष्ट साधक प्रा.डा. देवी नेपालको विशिष्ट अतिथ्य रहेको सो कार्यक्रममा प्रा.डा. नुरापति पोखरेल र प्रा.डा .ध्रुवप्रसाद भट्टराई निर्णायकको रुपमा रहनुभएको थियो । तीन दर्जन बढी कवि कवियत्रीहरूको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न विभागका अध्यक्ष , प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको  उपस्थिति रहेको थियो ।झण्डै तीन घण्टासम्म सञ्चालित सो कार्यक्रम  वाल्मीकि विद्यापीठका युवा विद्वान्  डा. उमेश घिमिरेले सञ्चालन गर्नुभएको थियो।  वेदान्त विषयकी विद्यार्थी जुनु मल्लिकले स्वागत भाषण गर्नुभएको सो सो समारोहलाई धन्यवाद ज्ञापन डा. चेतमणि न्यौपानेले गर्नुभएको थियो। १७ जना प्रतियोगी कवि र झण्डै २० बढी अप्रतियोगी कविहरूले आज कवितावाचन गर्नुभएको थियो।सहभागी हुनुभएको थियो।

२०८१।०३।२७

वाल्मीकि विद्यापीठको आवरणलाई नियाल्दा

गणेश लम्साल । समय बलवान् छ । जे हुन्छ समयकै कारणले हुन्छ । समयको अधीनमा छौँ हामी । हिजोको अवस्था आज छैन, आजको भोलि हुँदैन । परिवर्तन समयको माग हो । समयले विभिन्न परिवर्तनको महसुस गराउँछ । परिवर्तन हुन उपयुक्त समयको खाँचो पर्दछ । समय भएपछि हरेक चिजमा परिवर्तन देखा पर्छ । वाल्मीकि विद्यापीठको पनि समय आएछ । धेरैलाई जीवन दिएको वाल्मीकि विद्यापीठले अहिले आफैले पुनर्जीवन पाएको छ । अहिले विद्यापीठले दिन दुगुना रात चौगुना भनेझैँ परिवर्तन महसुस गरिरहेको छ । विद्यापीठमा भएका परिवर्तन आँखै अघिका कुरा हुन् । अहिले विद्यापीठ उज्यालिएको छ । विद्यापीठ मुस्कुराएको छ ।


वाल्मीकि विद्यापीठको भौतिक संरचनमा परिवर्तन भएको छ । विद्यापीठका बाहिरी पर्खाल रङ्गिएका छ्न् । ती पर्खाल काठमाडौँका प्राचीन,धार्मिक एवम् सांस्कृतिक सभ्यता झल्काउने मठमन्दिर, पोखरी, दरबारलगायतका चित्रले सजिएका छन् । विद्यापीठको मूलद्वारको डिजिटल बोर्डले प्राचीन सभ्यता, संस्कृति र दर्शनको संरक्षण गर्ने थलो भइकन पनि आधुनिकतातिर लम्कदै छ है भन्न खोजेको बुझिन्छ । प्रवेशपछि देखिने सम्मुख र दाँयातिरको फूलबारीले आँखा तानिहाल्छ । दायाँतर्फ नै बगैँचा निर्माण गरी दुबो रोपिएको छ । विद्यापीठको वातावरणमा प्राकृतिक स्वच्छता भेटिन्छ । बाँयातर्फको भित्तामा शैक्षणिक र प्रशासनिक भवनबाट उपलब्ध हुने सेवासम्बन्धी जानकारी दिने गरी सूचना राखिएको छ । अलिक अगाडि बनाइएका गणेश, व्यास, सरस्वती , बुद्ध र सप्तर्षिलगायतका तस्बिरले संस्कृतको थलो हो है भन्ने जनाइरहेका छन् । भित्तामा मानवजीवनकै परम लक्ष्यको रूपमा वेदव्यासविरचित अठार पुराणको सार लेखिएको छ –


अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् ।परोपकार: पुण्याय पापाय परपीडनम् ।। परोपकारको पाठ पढाउने केन्द्र हो विद्यापीठ ।अशान्त विश्वलाई शान्त बनाउने केन्द्र हो विद्यापीठ । म हैन हामी भन्ने भावनाको विकास गराउने केन्द्र हो विद्यापीठ । त्यहाँका तस्बिरले बोलका छन्,“ यो संस्कारको थलो । यो संस्कृतिको थलो हो । यो सभ्यता संरक्षणको थलो हो । यो त संस्कृतको थलो पो हो । यो त जीवन दर्शनको थलो हो । यहाँ वेद घन्किन्छ । वेदान्तलगायतका दर्शनको चर्चा हुन्छ । पुराणका कथाले मन अह्लादित बन्छ । ज्योतिषको गहिराइमा पुगेर ब्रह्माण्ड चहारिन्छ । साहित्यमा कालीदासहरूको सामीप्यता भेटिन्छ । धर्मशास्त्रीका चिन्तनमा धर्मको मूल भेटिन्छ । यो पौरस्त्य दर्शनको केन्द्र हो । यहाँ जीवन जिउने कला सिकाइन्छ । ´´ विद्यापीठको अगाडिपट्टि माता सरस्वतीको प्रतिमा प्रतिष्ठित छ । सरस्वती न: सुभगा मयस्करत् अर्थात् माता सरस्वती हामीलाई ऐश्वर्यप्रदान गर्ने होऊन् । यो हाम्रो आदर्श वाक्य नै हो । माताको अनुकम्पा विना हाम्रो गति छैन । सरस्वती मातालाई दाहिने पारेर शैक्षणिक भवन प्रवेश गर्न सकिन्छ । वर्षौँदेखि उजाडिएको यो शैक्षणिक भवन अहिले रङ्गिएको छ । यसका झ्याल ढोका र छानो मर्मत गरिएको छ । कक्षाकोठाहरू सफा छन् । कक्षाकोठा व्यवस्थित बनेका छन् , बन्दै पनि छन् । दुई तलाको यस भवनमा लेखिएका वेद, उपनिषद् ,योग, नीतिशास्त्रलगायतका आदर्श वाक्यहरूले विद्यार्थीलाई आफ्नो कर्म,आचारण र ज्ञानआर्जनप्रति अभिप्रेरित गरिराखेको आभास हुन्छ । यहाँ लेखिएको छ – सङ्घर्षद्वारे हि श्रिय: फलन्ति अर्थात् सङ्घर्षको ढोकामा नै ऐश्वर्य फल्दछन् । यस्ता वाक्यहरूले विद्यार्थीलाई घच्घचाइरहेछ्न् , जगाइरहेछन् ।


शैक्षणिक भवनको केन्द्रभागमा महर्षि वाल्मीकिको प्रतिमा छ । वाल्मीकि स्वयम् नै शास्त्र हुन् । उनकै नामबाट सञ्चालित यस विद्यापीठमा उनलाई पढ्न र बुझ्न सक्नु विद्यार्थीको कुरा हो । एवम् क्रमले यस भवनको माथिल्लो तलमा विषयअनुसारका विभाग छुट्ट्याइएको छ । केही विभाग तल्लो तलामा पनि छन् । विद्यार्थीको सहजताका लागि प्रत्येक विभागमा विषय शिक्षक र कक्षाको समयतालिका राखिएको छ । कोरोनाकालमा यस भवनको एउटा कक्षालाई स्मार्ट कक्षा पनि बनाइएको छ । माथिल्लो तल्लामै वेधशाला पनि छ तर हाल यो सञ्चालनमा छैन । वि सं २०७२ को भूकम्पले पुस्तकालय भवनमा क्षति पुगेकाले यस भवनकै एउटा कोठमा पुस्तकालय सेवा उपलब्ध गराइएको छ । शौचालयको राम्रो व्यवस्था छ । शैचालयको सरसफाइमा ध्यान दिइएको छ । खानेपानीको व्यवस्था पनि छ । हिलाम्मे र धुलाम्मे हुने विद्यापीठको अग्रभागमा ब्लक बिच्छाइएको छ । चउरमा बास्केटबल खेल्नका लागि ठाउँ बनाइएको छ । सवारी साधनका निम्ति पार्किङस्थल पनि बनेको छ । छेउछाउमा अम्बा, अनारलगायतका विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् । अम्बा र अनार त फलेकै छन् । विभन्न जातका फूलहरू फुलेका छन् । अरू बिरुवाहरू बढ्ने क्रममा छन् । यसरी विद्यापीठले परिवर्तन चाखिरहेको छ । विद्यापीठको परिवर्तनमा धेरै सङ्घसंस्थाहरूले हातेमालो गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ महानगर, काठमाडौँ महानगरका २८ लगायतका वडा, विभिन्न सरकारी एवम् गैरसरकारी सङ्घ संस्थाहरूले विद्यापीठको भौतिक उन्नयनमा हातमा हात मिलाएका छन् ।


यी सबै कार्यको संयोजक र नेतृत्वकर्ता हुनुहुन्छ विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल । उहाँको नेतृत्वमा विद्यापीठको मुहार फेरिएको छ । विद्यापीठमा दिनानुदिन काम भइरहेकै देखिन्छ, जसले विद्यापीठको मुहार उज्यालिएको छ । काठमाडौँका मेयर बालेन शाह बन्नु अघिसम्म विद्यापीठको बाहिरी भागमा थुप्रिने फोहोरको गन्ध कक्षासम्म आइपुग्थ्यो । फोहोरले टुकुचाको पुलदेखि विद्यापीठको प्रवेशद्वारसम्मको भाग ढाकेको हुन्थ्यो । हरेक दिन फोहोर ढङ्गुर हेरेर विद्यापीठ प्रवेश गर्नुपर्ने हुन्थ्यो । विद्यापीठमा प्रवेश गर्नै नमिल्ने गरि पनि फोहोर फालिएको हुन्थ्यो । फोहोर हप्तौँ थुप्रिने समस्या थियो । अति भएर एक पटक आन्दोलनमै उत्रिन परेको पनि थियो ।


आन्दोलनमा हल्काफुल्का भाटा पनि खाइयो तर समस्या भने समाधान हुन सकेन । केही दिनपछि फोहोरको डङ्गुर उस्तै थुप्रिन थाल्यो । समस्या जहाँको त्यहीँ रह्यो । नेतृत्व फेरियो समस्याको पनि समाधान भयो । अहिले त्यहाँ फोहोर फाल्न छाडिएको छ । फुटपाथ हिँड्न लायक बनेको छ । नालीको उचित व्यवस्थापनले विद्यापीठको अगाडिपट्टि पानी जम्ने समस्या समाधान भएको छ । यसका लागि काठमाडौँ महानगर, त्यसका वडा कार्यालयहरू र महानगर प्रमुख बालेन शाहलाई विशेष धन्यवाद छ, जसले गर्दा विद्यापीठको वातावरण स्वच्छ बनेको छ । ( लेखक वाल्मीकि विद्यापीठका विद्यार्थी हुन् । )     

मितिः २०८१ असार २४ गते २१:३४ बजे प्रकाशित





२०८१।०२।१२

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

२ वैशाख काठमाडौँ । ‘गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन’, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् ।वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका भित्तामा कला-मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ ।

विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने विगतमा फोहोर देखिने यही ठाउँ अहिले सफासुग्घर देखिएको छ । मर्मतपछि अहिले विद्यापीठको प्वाल परेको छत टालिएको छ । अहिले छानो चुहिँदैन, शौचालयमा दुर्गन्ध छैन । प्रवेशद्वारमा खुलारूपमै बग्ने ढल अहिले टुकुचासम्म व्यवस्थापन भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्ध भएको छ ।

‘पाँचौँ वेद’ ‘महाभारत’ लेख्न बस्दा व्यासले संस्कृतमा श्लोक भन्दै जाने र गणेशले टिप्दै जाने गरेर कथा पूरा गराएको पौराणिक किंवदन्ती छ । हिन्दू धर्ममा गणेशको पूजा गर्दा ज्ञान, विवेक, प्रसिद्धी, ख्याति र धन पाउन सकिने विश्वास गरिन्छ भने व्यासलाई भगवान् विष्णुका २४ अवतारमध्येका एक मानिन्छ ।परिसरमा विभिन्‍न देवताको आकृतिले विद्यापीठलाई वास्तविक पाठशाला बनाएको अनुभव हुन थालेको छ । परिसरको बीच भागमा राखिएको पण्डित सोमनाथ सिग्द्यालको अर्धकदको मूर्तिलाई पनि अहिले सजाइएको छ ।नेपाल संस्कृत विश्वविद्यालयको एक मुख्य पहिचानका रुपमा काठमाडौं महानगरपालिका वडा नं २८, प्रदर्शनीमार्गस्थित सो क्याम्पस मर्मत सम्भारपछि चिटिक्क बनेसँगै यहाँ अहिले बेग्लै प्रकारको चहलपहल देखिन्छ ।

विश्वविद्यालयका कुलपति प्रा डा यादवप्रकाश लामिछानेले आफू पदमा आएपछि क्याम्पस अनुगमन गर्न जाँदा देखिएको अस्तव्यस्तता र जीर्णावस्था देखेर कार्यकारी परिषद्बाट रु ५० लाख विद्यापीठलाई मर्मतका लागि निकासा दिने निर्णय गराइएपछि हाल सुधारका काम भएको बताए । विश्वविद्यालयका कुलसचिव माधव अधिकारी विद्यापीठकै पूर्वविद्यार्थी भएकाले पनि सो अनुदानको निर्णयका लागि सहज भएको थियो ।कुनै निकायमा नयाँ योजना वा बजेट पर्नु मात्रै महत्वपूर्ण होइन, केका लागि माग्ने भन्ने योजना पेस गर्न सक्ने र त्यसको उपयोग गर्न सक्ने क्षमता पनि कार्यान्वयनकर्ता पक्षसँग हुनुपर्छ ।

विसं २०७७ फागुन १३ मा नियुक्त भएदेखि नै क्याम्पसका प्रमुख प्रा डा भागवत ढकालमा पुनःनिर्माण र मर्मतका लागि तीव्र हुट्हुटी थियो, जुन अहिले पनि अन्त्य भएको छैन । उनकै आग्रहमा कामपा–२८ का सहयोगमा ढल व्यवस्थापन, परिसरमा ब्लक राख्ने जस्ता काम भएको छ भने हेल्पिङ हेन्डको रु १५ लाख सहयोगमा गुणस्तरीय खानेपानीको व्यवस्था भएको छ । अरूको सुझाव, आफ्नै रुचि र रहरले संस्कृत विषय पढ्नेहरूको सङ्ख्या अहिले पनि कम छैन । विद्यापीठमा प्राक्शास्त्रअन्तर्गत अनिवार्य व्याकरण, अनिवार्य संस्कृत भाषा, वेद, व्याकरण, न्याय, ज्योतिष, शास्त्रीमा संस्कृत, अङ्ग्रेजी, नेपाली, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, ब्याकरण, नव्यन्याय, प्राचीनन्याय, साहित्य, सिद्धान्तज्योतिष, फलितज्योतिष, इतिहासपुराण, पूर्वमीमांसा, शाङ्कर वेदान्त, धर्मशास्त्र, सर्वदर्शन, तन्त्रयोग, बौद्धदर्शन, प्राच्यराजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, गणितलगायत पढाइ हुन्छ।

आचार्यतर्फ चारै वेद, नव्यन्याय, प्राच्यराजशास्त्रलगायत विषय अध्यापन हुन्छ । अहिले छ महिने कोर्सअन्तर्गत कर्मकाण्ड र योग तथा प्राकृतिक चिकित्साको पनि पढाइ तथा अभ्यास हुँदै आएको छ । यस्ता कोर्समा पूर्वराष्ट्रसेवक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता हुने गरेको क्याम्पस प्रमुख ढकालको भनाइ छ ।काठमाडौँको केन्द्रमा रहेको २२ रोपनी १२ आना जग्गा रहेको सो विद्यापीठले दरबार हाइस्कुल (संस्कृत मावि), रानीपोखरीमा एकवर्षे शिक्षाशास्त्र कार्यक्रम सञ्चालन गर्दै आएको छ । सबै तहमा गरी हाल करिब एक हजार विद्यार्थी र १६५ शिक्षक छन् ।

वाल्मीकि विद्यापीठ नेसंविका १४ आंगिक क्याम्पसमध्येको एक त्यस्तो क्याम्पस हो जहाँ अहिले पनि धर्मशास्त्र, ज्योतिष, वेद आदि विषयमा परामर्श लिन मानिसहरू आउने गर्छन् । यहाँ रहेका १७ विभागले त्यस्तो परामर्श दिने गर्छन् । २००९ सालमा ‘राजकीय संस्कृत महाविद्यालय’ का नाम दिइएको सो संस्था विसं २०२४ मा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठ नामकरण भएको थियो । २०४३ सालमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको आंगिक विद्यापीठका रूपमा यसले मान्यता पाएको थियो ।

इतिहासमा संस्कृत शिक्षा
नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्यमान्यता तथा उदात्तभावलाई समयको मागअनुरूप प्रवाहित गराउने उद्देश्यले बेलझुन्डी दाङमा २०४३ साल मङ्सिर २५ मा विधिवत् रूपमा नेसंवि (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) स्थापना भएको हो ।

नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यानुरूप तत्कालीन राजा महेन्द्रले सुरुआत गरेको कामलाई राजा वीरेन्द्रको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेसंवि स्थापना भएको हो। नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन भई नेसंवि रहन गयो ।

नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठनपाठन गराई दक्ष जनशक्ति उत्पादन गर्ने, संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सवर्द्धन गर्दै ‘वसुधैव कुटुम्बकम’, ‘सर्वे भवन्तु सुखिनः’ जस्ता उदात्त भावना प्रवाहित गराउने, नेपालमा अति प्राचीनकालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने, सामाजिक आश्यकतानुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषय आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञानविज्ञानका पक्षलाई उजागर गर्ने र प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्यमान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने ध्येय सो विश्वविद्यालयको स्थापना भएको हो ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले १९३९ सालमा स्थापना गरेको राजराजेश्वरी पाठशाला विसं १९४२ मा रानीपोखरी पाठशालामा रूपान्तर भएको थियो । काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन यहीँबाट आरम्भ भएको हो ।विसं १९९० मा छिमेकी भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’ बाट सम्बन्धन लिई यसै पाठशालामा संस्कृतमा उच्च तहको तथा विसं २००४ देखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पनि पठनपाठन हुन थालेको थियो ।

प्रमुख ढकालले भौतिक पूर्वाधारका साथै प्राज्ञिक क्षेत्रमा पनि आफू आएपछि सुधारका पहल भएको बताउँदै कोभिड–१९ को बन्दाबन्दी समयमा समेत भर्चुअल माध्यमबाट वेदमा के छ, इतिहासपुराणको आवश्यकता किन जस्ता विषयमा संवादका शृङ्खला चलाइएको जानकारी दिए ।अहिले प्राध्यापकका लागि अलग्गै कक्षा निर्माण गरिएको तथा सेवानिवृत्त हुने प्राध्यापकका विशेष सम्मानमा बिदाइ कार्यक्रम राख्ने परम्परा बसाइएको छ । अनुसन्धानमूलक जर्नलको प्रकाशन पनि हुन थालेको छ । यी सबै सुधारका काममा आफूले विद्यार्थी, प्राध्यापक र कर्मचारीको साथ पाएको विद्यापीठ प्रमुख डा.ढकालले बताए ।

क्याम्पसले सटरको भाडा समयमा नउठ्ने, कम मूल्यमा भाडा लगाइने, समयमा सम्झौता नवीकरण हुने, अख्तियार दुरुपयोग अनुन्धान आयोगमा मुद्दा खेपिरहने जस्ता समस्या समाधान गर्दै बोलपत्र आह्वान गरेर भाडावृद्धिसहित सम्झौता गराएर आम्दानी बढाउन पनि थालेको छ।भाडाबाट मात्रै हाल क्याम्पसलाई मासिक रु करिब २० लाख आम्दानी हुने गरेको छ । सो आम्दानी विश्वविद्यालयकै खातामा जम्मा हुन्छ । कुनै शीर्षकमा खर्च गर्नुपरेमा विश्वविद्यालयका अनुमति दिनुपर्ने हुन्छ ।कामपा-२८ वडाध्यक्ष भाइराम खड्गीले सो क्याम्पसमा ब्लक छाप्ने र ढलान गर्ने काम गरिएको जनाउँदै आवश्यकतानुसार बजेटले भ्याएसम्म वडाभित्रका सबै सार्वजनिक शैक्षिक संस्थालाई सहयोग गरिने बताए ।

पुस्तकालय भवन लागि बजेटको खोजी
प्रमुख ढकालले विनाशकारी भूकम्पबाट प्रभावित पुस्तकालय भवन पुनःनिर्माण गराउनका लागि बजेट खोज्न लागेको बताए । उनले गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीलाई सोका लागि रु २५ करोडको लागतसहित प्रस्तावना पेश गरे ।भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत यहाँस्थित भारतीय दूतावासका सहयोगमा पुस्तकालय पुनःनिर्माण हुने भनिए पनि निर्माणमा भारतीय कम्पनी मात्र समावेश हुन सक्ने बोलपत्रको प्रावधानका कारण दुईपल्ट बोलपत्र आह्वान गरिए पनि र ती कम्पनीले ताकिएको बजेट सीमाभन्दा बढी हुने गरी प्रस्ताव पेस गरेकाले प्रक्रिया अवरुद्ध भएको छ ।

विश्वविद्यालयका नयाँ चारवर्षे शास्त्री तहको कोर्सअनुसार सेटमा पुस्तक उपलब्ध नहुने जस्ता क्याम्पसका विद्यार्थीलाई समस्या हुने गरेको छ भने कक्षाकोठामा पर्याप्त सेतोपाटीको सुविधा उपलब्ध हुन सकेको छैन । यहाँ रहेको वेधशाला पनि हाल नचल्ने अवस्थामा छ । ग्रहको अध्ययन गर्न सकिने मौलिक प्रकारको सो वेदशाला नेपालमा अन्यत्र छैन । यसको पुनःस्थापना हुने तयारीमा छ ।सो विद्यापीठका उपप्राध्यापक नवराज खतिवडाले क्याम्पसको स्वामित्वमा रहेका जमिनमा आयमूलक हुने गरी भौतिक संरचना बनाउन सकिए विश्वविद्यालय अनुदान आयोगले प्राध्यापकको कोटा कटौती गरे पनि आफूहरुलाई समस्या नहुने बताए ।

‘हाम्रो आफ्नै आम्दानी बढाउने हो भने शिक्षक पाल्न समस्या हुँदैन । यसबारे विश्वविद्यालय र क्याम्पस नेतृत्वले दीर्घकालीन योजना बनाउन आवश्यक छ, प्राध्यापकहरू साथ दिन तयार छौँ ।’ विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले मर्मतसुधारबाट क्याम्पसको भौतिक क्षेत्रमा आकर्षण थपिएको जनाउँदै अब नयाँ तथा आधुनिक विषयलाई आचार्य तहमा अध्यायपन गराउन लाग्नुपर्नेमा जोड दिए । उनले अनुसन्धानमूलक पत्रिका ‘मर्यादा’ को प्रकाशन सुरु थालेकामा पनि प्रसन्नता व्यक्त गरे ।

२०७९।०३।०९

नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)

सरकारी क्याम्पसको शौचालय कस्तो होला ? कक्षाकोठा कस्ता होलान् ? भित्ता आदिको रुप कस्तो होला ? सहजै कल्पना गर्नुहुन्छ– फोहोर । बेथिति । भित्ताभरि लेखिएका । दुर्गन्धले शौचालयभित्र प्रवेश गर्न नै नसकिने । तर पछिल्लो समय काठमाडौँको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस) पुग्नुभयो भनेर निकै रहरलाग्दो बनेको छ ।

चाहने हो भने सरकारी क्याम्पसलाई सफासुग्घर तुल्याउन सकिन्छ भन्ने उदाहरण यो क्याम्पस बनेको छ । वाल्मीकि विद्यापीठको परिवर्तित स्वरुपले गर्दा सरकारी क्याम्पसलाई पनि आकर्षक बनाउन सकिन्छ भन्ने समाचारको विषय बन्न पुगेको छ ।विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भने, “नयाँ प्रवेशद्वार निर्माण भइसकेपछि क्याम्पसको नयाँ स्वरुपले पूर्णता पाउने छ ।”

कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन । अब पुरुष, महिला र प्राध्यापकका शौचालयले समेत नयाँ जीवन प्राप्त गरेको छ ।क्याम्पस परिसरभित्रका दुई वटा भवनका ७० वटा कोठा रङ्गरोगन गरिएको छ । प्लास्टर गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा पहल गरिएपछि क्याम्पस परिसरमा ब्लक छापिएको छ । प्रवेशद्वारमा ढलले गर्दा क्याम्पस हाताभित्र प्रवेश गर्न कठिन हुने अवस्था अब अन्त्य भएको छ । उनले वडा कार्यालयले बास्केट बल र भलिबल कोर्टका लागि १० लाख रुपियाँ विनियोजन गरिदिएको बताए ।

प्राध्यापक विश्राम कक्षले समेत नयाँ स्वरुप पाएको छ । अचेल सो कक्षमा प्राध्यापकहरु बस्न थालेका छन् । ठाउँ ठाउँका भित्तामा संस्कृतका सुक्ति लेखिएका छन् ।क्याम्पसका प्राचार्य डा. ढकालले मुल प्रवेशद्वार निर्माणका लागि इबिडिङ गरिएको जानकारी दिए । संस्कृति झल्किने प्रवेशद्वार निर्माण हुनेछ । उनले नेपाल संस्कृत विश्वविद्यालयसँग ५० लाख रुपियाँ माग गरी सुधारका कार्य गरिएको बताए ।

हेल्पिङ हेन्ड नामक संस्थासँग अनुरोध गरी १५ लाख रुपियाँको खर्चमा खानेपानीको व्यवस्था गरिएको छ । नयाँ क्यान्टिन निर्माण गरिएको छ । पहिले निःशुल्कमा रहेको थियो भने अब क्यान्टिनले मासिक एक लाख १० हजार रुपियाँ घरभाडा क्याम्पसलाई बुझाउँछ ।

उनले बर्सेनि छाप्नुपर्ने मुखपत्र ११ वर्षपछि छापिएको बताउँदै रहेक प्राध्यापक र कर्मचारीका लागि ब्याचसमेत तयार गरी अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको बताए ।

“क्याम्पसभित्रको स्वरुप नयाँ भयो तर क्याम्पसको ठिक बाहिर फोहर सङ्कलन गर्ने कार्यलाई रोक्न सकेका छैनौँ । त्यसका लागि पनि पहल भइरहेको छ” उनले भने।

अस्माकं समूहः
अन्वेषणम्
प्रा. अच्युतप्रसाद लामिछाने
प्राचार्यः
सहप्रा. डा. रमा भट्टराई
सहायकप्राचार्यः
उपप्रशासक कृष्णप्रसाद निरौला
प्रशासनप्रमुखः, ९८५११०९७०३
लेखाधिकृतः सुवर्ण गौतम
आर्थिकप्रशासनप्रमुखः
सहायकप्रशासकः टेकनाथ पाण्डेय
सहायकप्रशासनम्
सहायकप्रशासकः सिन्धु शर्मा
शैक्षिकप्रशासनम्
सहायकप्रशासकः कृष्णप्रसाद आचार्य
कर्मचारिप्रशासनम्
डा. प्रकाश ढकाल
तीनधारा–संस्कृतच्छात्रावासस्य सुपर्यवेक्षक
सहायकप्रशासकः रवि गौतम
तीनधारा–संस्कृतच्छात्रावासप्रशासनम्
सहायकप्रशासकः अञ्जु आचार्य
पुस्तकालयप्रमुखः
सम्पर्कस्थापनं वार्तालापश्च
०१५३२७१९३, ९८५११०९७०३ (प्रशासनप्रमुखः)
nsu.balmeeki@gmail.com
नाम
वैद्युतपत्राचारसङ्केतः
विषयः