सूचना
समाचारः सञ्चारसाधनञ्च
गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम सम्पन्न भयो। २०८१।०४।१९

गुरुपूर्णिमा र व्यास जयन्तीको पूर्व सन्ध्यामा  वाल्मीकि विद्यापीठ न्याय विभागको आयोजनामा गुरु अभिनन्दन एवं सम्मान कार्यक्रम विभागीय प्रमुख प्राध्यापक जगतप्रसाद उपाध्यायको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा .वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा एक भव्य समारोह बिच आज सम्पन्न भयो। डा. रामप्रसाद पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा प्रा. चेतोनाथ शर्मा आचार्य, प्रा.डा. दीर्घराज घिमिरे , प्रा.विद्यानाथ उपाध्याय  प्रा.शिवहरि मरहट्ठा एवं प्रा.डा. वासुदेव त्रिपाठीलाई कदरपत्र दोसल्ला एवं फूलमालाले सम्मान गरिएको थियो। प्रा. घनश्याम भण्डारीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा प्रा.डा. देवी नेपालले गुरु शीर्षक कविता वाचन गर्नुभएको थियो।  प्रा.डा .भागवत ढकाल प्राचार्य र प्रा.डा. सुधनकुमार पौडेलले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रममा सम्मानित प्रतिभाहरूले आआफ्ना अनुभव र अनुभूति सुनाउनु भएको थियो। सहायक प्राचार्य डा.रमा भट्टराई, डा. बैकुण्ठ घिमिरे ,श्याममणि नेपाल ,केशवशरण अर्याल ,माधव घिमिरे लगायतले रचना एवं सम्मानपत्र वाचन गर्नुभएको सो कार्यक्रममा सम्मानित गुरुका बारेमा सहायक प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेले मन्तव्य राख्नुभएको थियो ।झन्डै पाँच घण्टासम्म चलेको सो विशिष्ट कार्यक्रममा विद्यापीठका प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं समाजको विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत समुपस्थिति रहेको थियो।


स्रोतः :- वाल्मीकिविद्यापीठम्