२०८१।०३।२७
सम्बद्ध समस्तमा समुपस्थितिका लागि सादर सूचना! आज २०८१/०३/२७ गते बृहस्पतिवासर०२बजे देखि!!
कार्यक्रममा सहभागिताका निम्ति सूचना
आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा वाल्मीकि विद्यापीठ वेदान्त विभागद्वारा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने भानुभक्तीय रचना वाचन एवं भानुभक्तप्रति समर्पित स्वरचना वाचन कार्यक्रममा सहभागी भैदिनुहुन वाल्मीकि विद्यापीठका प्राध्यापक, कर्मचारी, विद्यार्थी एवं इच्छुक सबैमा हार्दिक अनुरोध छ।
रचना वाचन गर्न इच्छुक प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले २०८१।३।२६ गतेसम्ममा आफ्नो नाम टिपाइ कार्यक्रम संयोजन गर्न सहज बनाइदिनुहुन पनि हार्दिक अनुरोध छ। विद्यार्थीहरूमध्ये उत्कृष्ट वाचन गर्नेका लागि पुरस्कारको पनि व्यवस्था गरिएको छ।
मिति : २०८१।३।२७ बृहस्पतिवार
समय : दिवा २ बजे
स्थान : सानो सभाकक्ष, वाल्मीकि विद्यापीठ
रचना वाचनका निम्ति नाम टिपाउन सम्पर्कव्यक्तिहरू
सुमोदवर्धन कौण्डिन्न्यायन ९८४३-०३५३९७
चेतमणि न्यौपाने ९८४१-८४०९५७
उमेश घिमिरे ९८४९-७४२९४१
आयोजक
वेदान्त विभाग
वाल्मीकि विद्यापीठ