वाल्मीकि विद्यापीठ , वेदान्त विभागको आयोजनामा आज वाल्मीकि विद्यापीठमा आयोजित भानुभक्तीय रचनावाचन, एवं भानुभक्तका रचनामा वेदान्तविषयक चर्चा एक भव्य समारोहका बिच वेदान्त विभागका विभागीय प्रमुख प्रा.डा सुमोधवर्धन कौडिन्यायनको सभापतित्व र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भयो । प्राज्ञ एवं नेपाली भाषा साहित्यका विशिष्ट साधक प्रा.डा. देवी नेपालको विशिष्ट अतिथ्य रहेको सो कार्यक्रममा प्रा.डा. नुरापति पोखरेल र प्रा.डा .ध्रुवप्रसाद भट्टराई निर्णायकको रुपमा रहनुभएको थियो । तीन दर्जन बढी कवि कवियत्रीहरूको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न विभागका अध्यक्ष , प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।झण्डै तीन घण्टासम्म सञ्चालित सो कार्यक्रम वाल्मीकि विद्यापीठका युवा विद्वान् डा. उमेश घिमिरेले सञ्चालन गर्नुभएको थियो। वेदान्त विषयकी विद्यार्थी जुनु मल्लिकले स्वागत भाषण गर्नुभएको सो सो समारोहलाई धन्यवाद ज्ञापन डा. चेतमणि न्यौपानेले गर्नुभएको थियो। १७ जना प्रतियोगी कवि र झण्डै २० बढी अप्रतियोगी कविहरूले आज कवितावाचन गर्नुभएको थियो।सहभागी हुनुभएको थियो।